कपिलवस्तु – कांग्रेसले कपिलवस्तुका १०वटै पालिकाको उम्मेदवारको नाम टुंगो लगाएको छ । सत्ता गठबन्धन दल बिच तालमेल गरी पटक पटक बैठक बसे पनि कुनै निस्कर्ष ननिक्लिएपछि कांग्रेस एक्लै चुनावमा होमिएको हो । १० वटै पालिकामा कांगैस एक्लै चुनाव लडने भएको छ ।


ADVERTISEMENT


 यस्ता छन् १० वटै पालिकाको कांग्रेसका उम्मेदवार


ADVERTISEMENT

# # #


कपिलवस्तुको ६ नगरपालिका र ४ गाउपालिकामा लडने उम्मेदवारको नाम टुंगा लागेको हो । कांग्रेस कपिलवस्तु प्रवक्ता ईश्वरी पाण्डेय अनुसार कपिलवस्तु नगरपालिकामा मेयरमा किरण सिंह र उप मेयरमा नसरिम खातुन, बाणंगगा नगरपालिकामा मेयरमा रबिराज आचार्य र उप मेयरमा तारावती थारु, बुद्धुभुमी नगरपालिकामा केशव कुमार श्रेष्ठ र मीरा थारु, महाराजगंज नगरपालिकामा मेयरमा अब्दुल कलाम र उप मेयरमा शोभावती कुर्मीले टिकट पाएका छन् ।

यस्तै कृष्णनगरबाट मेयरमा रजत प्रताप शाह र उप मेयरमा आरती देबी कुर्मी चौधरी तथा शिवराज नगरपालिकामा मेयरमा हुमकान्त खनाल र उप मेयरमा शारदा कार्की रायमाझीले टिकट पाएका छन् । पार्टी जिल्ला सभापति तथा मेयरका उम्मेदवार कलाम र उप मेयर शोभावती यस अघि २०७४ सालमा समेत निर्वाचित मेयर र उप मेयर हुन ।

यस्तै क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठ र मीरा थारुले यसअघिको निर्वाचनमा मेयर र उप मेयरमा जितेका थिए । कपिलवस्तु नगरपालिका मेयर किरण सिंह पनि यस अघि मेयरमा जितेका उम्मेदवार हुन । २०७४ सालको निर्वाचनमा स्वतन्त्र मेयर जितेका रजत प्रताप शाह ३ महिना अघि कांग्रेसमा प्रबेश गरी मेयरमा उम्मेदवारी दिदै छन ।

उता नेपाली कांग्रेस कपिलवस्तुले ४ वटै गाउपालिकाको प्रमुख र उप प्रमुखको नाम आईतावार नै टुंगोे लागएको थियो । चन्द्रौटामा भएको बैठकपछि सुद्धोदन, मायोदेबी र बिजयनगर गाउपालिकाको प्रमुख र उप प्रमुखको नाम टुंगो लागेको कांग्रेसका जिल्ला प्रवक्ता ईश्वरी पाण्डेयले जानकारी दिए ।

मायादेबी गाउपालिको प्रमुखमा वलीउद्दीन मुसलमान र उप प्रमुखमा सरस्वती यादव, सुद्धोदन गाउपालिकाको प्रमुखमा रामनयन यादव र उप प्रमुखमा सुधादेबी पाण्डेय र बिजयनगर गाउपालिको प्रमुखमा रफिक मुसलमान र उप प्रमुखमा निशा थारुले टिकट पाएका हुन ।

यस्तै यशोधरा गाउपालिकामा अनुप पाण्डेय प्रमुख र प्रेमलता भट्टा उप प्रमुखमा टिकट पाएका छन । यस अघि पनि उम्मेदवार बनेको बलीउद्दीन थारै मतले मात्र पराजित भएका थिए । यस्तै यस अधि मधेसी जन अधिकार फोरमबाट लडका रामनयन यादव पनि झिनो मतले चुनाव हारेका थिए । सुधादेबी पाण्डयल भने यस अधिको निर्वाचनमा उप प्रमुखमा निर्वाचित भएकी थिईन् ।