काठमाडौँ– वीरगन्जस्थित भारतीय दूतावासले एकदिने ‘एथलेटिक्स मीट’ सम्पन्न गरेको छ । दूतावासले आजादीको ७५ औँ दिवसअन्तर्गत शनिवार नारायणी रंगशालामा एकदिने एथलेटिक्स मीटको आयोजना गरेको हो ।


ADVERTISEMENT


महावाणिज्यदूत नितेश कुमारद्वारा शुभारम्भ गरिएको सो खेलमा १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १६०० मिटर, गरी सात ट्र्याक इभेन्ट र लङ जम्प, हाई जम्प, डिस्कस थ्रो र सटपुट गरी ४ चार फिल्ड इभेन्टहरू समावेश थिए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बीरगंज महानगरपालिका, दूरसञ्चार विभाग, विद्युत विभाग, ज्ञानदा एकेडेमी, डिपिएस र डीएभी आरबी केडिया स्कुल तथा नागरिक समाजका खेलाडिहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा उत्कृष्ट खेलाडिहरुलाई व्यक्तिगत इभेन्टका लागि ५१, उत्कृष्ट खेलाडीको लागि १ शिल्ड र उत्कृष्ट टोलीलाई १ ट्रफी सहित ५३ वटा पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमको मुख्य उद्देश्य आमनागरिकको स्वास्थ्य र तन्दुरुस्तीको महत्वलाई रेखांकित गर्दै जनताबीचको सम्बन्धलाई प्रवर्द्धन गरी वाणिज्य दूतावाससँग वीरगन्जका विभिन्न सरकारी निकाय तथा नागरिक समाजबीच सद्भाव, समन्वय र सहकार्यको विकास गर्नु रहेको दूतावासले जनाएको छ ।