सृजना मगर, काठमाडौँ– चितवनको चर्काे घाम । बहकिने हावा पनि उत्तिकै तातो । न पंखाको व्यवस्था न त कुनै एसीको । तरपनि नेपाल फर्मा एक्स्पो–२०२२ का लागि आएका विदेशी फर्मा व्यवसायी आशातीत देखिन्थे । यो दृश्य चितवनमा हालै सम्पन्न आठौँ ‘नेपाल फर्मा एक्स्पो–२०२२’ को हो ।


ADVERTISEMENT


औषधी उत्पादक संघ(एपोन) को आयोजनामा वैशाख ९ गतेदेखि शुरु भएर ११ गते मात्रै टुङ्गिएको सो तीनदिने एक्स्पोमा नेपालसंगै भारत तथा बंगलादेश गरेर कुल १६५ औषधी कम्पनीहरुले सहभागिता जनाएका थिए । त्यसमध्ये पनि बढीजसो बाहुल्यता भारतीय औषधी उद्योगको रहेको थियो ।


ADVERTISEMENT

# # #


औषधी उत्पादनका लागि आवश्यक कच्चा पदार्थ प्रर्दशनी गरिरहेका अधिनाथ हेल्थ केयरका निर्देशक जिग्नेश शाहले औषधी उत्पादनप्रति नेपाली औषधी उद्योगहरुको स्तरोन्नतिले आफुलाई एस्क्पोमा पहिलो पटक सहभागी हुन प्रेरित गरेको बताए । भिजिटर्स र उनीहरुको प्रश्न तथा जिज्ञासाले पनि औषधी उत्पादनसम्बन्धि नेपालको चेतानस्तरको अनुमान गर्न सकिने शाहको भनाई छ ।

नेपालमा आफ्ना उत्पादन सामाग्री विस्तार बढाउनका लागि एक्स्पोमा आएको बताउने भारतका अर्काे कम्पनी द बम्बई इन्जिनियरिङ वर्क्सका निर्देशक मयुर जोशीले नेपालमा आफ्नो कम्पनीको झण्डै २२ नियमित ग्राहकहरु भएको बताए । यसअघि दुई पटक फर्मा एक्स्पोमा आएका जोशीले यसपटक एक्स्पोमा आफ्नो तेस्रो सहभागिता रहेको सुनाए ।

झण्डै १० वर्षपछि फेरि एक्स्पोमा प्रदर्शन गर्ने चाहाना कसरी भयो त? भन्ने प्रश्नमा उनले भने, ‘पहिलेको तुलनामा नेपाल फर्मा इन्डष्ट्रिज पूर्ण रुपमा परिवर्तन भइसकेको छ । अहिले औषधीसंगै यहाँको औषधी उत्पादनसम्बन्धि यहाँको दृष्टिकोण तथा ज्ञानको दायरा समेत बढेको छ । त्यसैले पनि यहाँ हाम्रो सामाग्रीको विस्तारका लागि सम्भावना देखेर आएका हौँ ।’

एक्स्पोमा औषधी उत्पादनका लागि आवश्यक कच्चा सामाग्रीदेखि उपकरणसम्म प्रदर्शनमा राखिएका थिए । त्यसमध्ये केहिको पहिलो अनुभव थियो भने कतिले आफूले दोहोर्‍याएर आएको सुनाए । एक्स्पोमा आउनुको मुख्य कारणको प्रश्न सम्बन्धि सबैजसोको एउटै साझा उत्तर सुनिथ्यो’, ‘नेपालमा आफ्नो बजारीकरणको सम्भावना ।’

सोहि धारणा बोकेर आएकी भारतका सरोज फर्माकी बिन्दूले कुरुप औषधी उत्पादनको नेपाली चेतनासंगै नेपालमा आफ्ना व्यवसाय फस्टाउँने सम्भावना प्रबल देखिएको बताइन् । दैनिक २० देखि २५ भिजिटर्सहरु आउने गरेको सुनाउँदै उनले एक्सोपोमा अर्काे पटक पनि सहभागि हुने सुनाइन् ।

त्यसैगरि, एक्सोपोमा सहभागी नेपाल साइन्टिफिक टेक्निकल सोलुशनका प्राविधिक निर्देशक सरोज दाहालले पनि सोचेभन्दा बढि आगन्तुक भिजिटका लागि आएको बताए । लामो समयदेखि नेपालमा जर्मनी, नेदरल्याण्ड, भारत, चीन तथा जापानजस्ता विभिन्न देशहरुबाट नेपाल आयात गरी फर्मा सम्बन्धिका सामाग्रीको गुणस्तर व्यवस्थापन तथा उपकरणहरु सप्लाई गरिरहेको बताउने दाहालले एक्स्पोमा उपत्यकाभित्र भन्दा बाहिरबाट बढी आगन्तुकहरुको भीड देखिएको जानकारी दिए ।

यसअघि अन्तर्राष्ट्रिय एक्स्पोसमेत भिजिट गरिसकेको बताउँदै उनले अत्याधिक गर्मीका कारण प्रदर्शनी केहि असहज भएको सुनाए । ‘तराई क्षेत्रमा एक्स्पो गर्ने निर्णय गरेपछि आयोजक पक्षले देशविदेशबाट आएका आगन्तुक तथा स्टलकर्ताहरुको सेवा सुविधामा समेत ध्यान पुर्‍याउँदा अझै उचित हुन्थ्यो कि !’, उनले भने ।