काठमाडौँ – काठमाडौँ महानगरको मेयरका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले उम्मेदवारी दर्ता गरेकी छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा बाजागाजासहित पुगेर उम्मेदवारी दर्ता गरेकी हुन् ।


ADVERTISEMENT


उनी पाँच दलीय सत्ता गठबन्धनबाट एक्लो उम्मेदवार हुन् । काँग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती समेत रहेकी सिंह नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन् । उनको उम्मेदवारीको प्रस्तावकमा वर्तमान उपप्रमुख हरिप्रभा खड्गी र समर्थकमा नीलकाजी शाक्य रहेका छन् ।


ADVERTISEMENT

# # #


उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिँदै सिंहले आफूले महानगरभित्रका गृहिणीका लागि भत्ताको व्यवस्था गर्ने, महानगरवासीलाई वडास्तरबाटै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, महिलामैत्री काठमाडौँ निर्माण गर्ने र महानगरका महिला तथा युवावर्गलाई रोजगारमूलक तालिमको व्यवस्था गर्ने बताइन् ।

आजै काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) पार्टीका रामेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गराए ।