काठमाडौं – मुलुककै महत्त्वाकाङ्क्षी परियोजनाका रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको सुरुङ खन्ने काम ५० प्रतिशत सकिएको छ ।


ADVERTISEMENT


थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले सुरुङ खन्ने काम ५० प्रतिशत सकिएको जानकारी दिए । उनले नागढुङ्गा (पूर्व) र नौबिसे (पश्चिम)तर्फबाट सुरुङ खन्ने काम तीव्र गतिमा भइरहेको पनि बताए ।


ADVERTISEMENT

# # #


अहिलेसम्म मुख्य सुरुङमार्गको पूर्वतर्फ ५८० मिटर र पश्चिमतर्फ ५८१ मिटर खनिएको छ । मुख्य सुरुङको कुल लम्बाइ दुई हजार ६८८ मिटर रहेको छ । दुई हजार ५५७ मिटर कुल लम्बाइरहेको सहायक (इभ्याकुएसन) सुरुङको अहिलेसम्म एक हजार ४१३ मिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ ।

सहायक सुरुङको पूर्वतर्फ ८२२ मिटर र पश्चिमतर्फ ५९१ मिटर खनिएको छ । सुरुङ मार्गभित्र सिर्जना हुनसक्ने आपत्कालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङ मार्गको समानान्तर हुने गरी सहायक सुरुङ मार्ग निर्माण गरिएको हो ।  गोरखापत्र दैनिकबाट ।