काठमाडौँ – काठमाडौं महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले जनतासंग गरेका प्रतिवद्धता पुरा गर्ने बताएकी छन् ।


ADVERTISEMENT


मंगलबार आफ्नै निवास चाक्सीबारीमा आयोजित कार्यक्रममा सिंहले पार्टीले सार्वजनिक गरेको घोषणापत्र र आफुले सारेका योजनाहरुलाई पुरा गर्ने प्रतिवद्धता जनाइन् । उनले राजधानी काठमाडौंंलाई सबैको साझा शहर र सुरक्षित शहर बनाउने दाबी गरिन् ।


ADVERTISEMENT

# # #


‘म एउटा महिला हो । म एउटा घर चलाएको महिला, समाज बुझेको, राजनीतिक चेतना भएको कारणले मेरो प्रमुख मुद्दा महिला नै हुनेछ ।’ उनले भनिन्, ‘म एउटा आमा, बुहारी, दिदी, बहिनी र काठमाडौँ महानगरपालिकाका लागि आमा भएर देखाउँछु ।’

महिलाले राम्रोसंग घर चलाएसंगै काठमाडौं महानगरलाई सफा सुग्धर तवरले चलाएर देखाउने उनको भनाई छ ।  उनले आफूलाई प्रकाशमान सिंहको श्रीमतीका रुपमा मात्रै नबुझ्न आग्रह समेत गरिन् । उनले भनिन्, ‘म युवा अवस्था पूरै राजनीतिमा बिताएर आएको महिला हुँ । त्यो बेला मैँले न प्रकाशमान सिंहलाई चिनेको थिएँ, न अरुलाई । मैँले सिर्फ नेताहरुलाई चिनेको थिएँ ।’

कार्यक्रममा अन्य महिला नेतृ, महिला समाजसेवी लगाएतले सिंहलाई शुभकामना दिएका थिए ।