सुनसरी–नेपाल तरुण दल सुनसरीले ‘एक बुथ २० युथ’ कार्यक्रम अन्तरगत निर्वाचनको प्रत्येक बुथमा २० जना तरुण युवाहरु खटाउने भएको छ । नेपाली कांग्रेस सुनसरीका सबै पालिकाहरुका मतदान केन्द्रमा सुनसरी तरुणले आम मतदाताहरुलाई मतदानमा भाग लिनका लागि सहजीकरण गर्ने हिसाबले तरुणहरुलाई खटाउने भएको हो ।


ADVERTISEMENT


तरुण दल सुनसरी सभापति सिजन गुरुङले जिल्लाका सबै पालिकामा राखिएका मतदान केन्द्रमा २०र२० जनाको समुहमा तरुण युवाहरु परिचालन गर्ने बताए । ‘२०५४ सालको स्थानीय तहमा तत्कालिन तरुण दल सभापति बालकृष्ण खाँडले ‘वान बुथ ट्वान्टी युथ’ अभियान चलाउनु भएको थियो । यसपल्ट सुनसरी तरुणले त्यसलाई जिल्लामा पुनः परिचालन गर्ने भएको छ ।’ कांग्रेस १ नं। प्रदेश सदस्य समेत रहेका गुरुङले भने ।


ADVERTISEMENT

# # #


 

तरुण दलका स्वयंसेवकहरुले मतदान केन्द्रमा मतदाताहरुलाई आचारसंहिता भित्र रहेर गर्न सक्ने सबै प्रकारका सहयोग गर्नेछन् । बृद्ध, अशक्त, अपाङ्ग तथा फरक क्षमता भएका मतदाताहरुलाई मतदान स्थलसम्म पुर्याउने, नामावली रुजु गर्न सहजीकरण गर्ने, उम्मेदवारलाई गर्नुपर्ने सहयोग तथा वुथमा अन्य कुनैपनि आवश्यक सहयोग गर्नेछन् ।

यसैगरी जिल्लाका सबै पालिकाहरुमा तरुण दल निर्वाचन प्रचारप्रसार समिति समेत गठन गरेको छ । नेपाली कांग्रेससहित गठबन्धनबाट जिल्लाका सबै पालिकाहरुमा उठेका उम्मेदवारलाई जिताउनका लागि तरुण दल पालिका सभापतिहरुको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ ।

यसैगरी, मतदाता शिक्षालाई प्रभावकारी बनाउन क्षेत्रीय सभापतिहरुको संयोजकत्वमा मतदाता शिक्षा प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गर्नेछ । नेपाली कांग्रेसको प्रमुख भातृ संगठनका रुपमा रहेको नेपाल तरुण दलको सुनसरी जिल्ला कार्य समिति ७७ वटै जिल्ला कार्य समिति मध्ये उत्कृष्ट रहेको छ ।

सुनसरी तरुणले जिल्लामा कांग्रेसको राजनीति सँगै सामाजिक क्षेत्रमा पनि उल्लेखनीय कार्य गर्दै आइरहेको छ ।