काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र तालमेलका विषयमा जेजस्तो बहस भएपनि अब पार्टीले गरेको निर्णय अनुसार सबै अघि बढ्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले पार्टीभित्र बहस,मतभेद हुनु स्वभाविक भएको भन्दै पार्टीको आधिकारीक निर्णय अनुसार सवै अघि बढ्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


तालमेलका विषयमा आफुले उठाएको बहस सैद्धान्तिक विषय भएकाले यसलाई पछि छलफल गर्न सकिने उनको भनाई छ । उनले निर्वाचनमा एकढिक्का भएर पार्टीलाई विजयी गराउनुपर्ने बताए ।

‘पार्टीभित्र लड्ने हो, झगडा गर्ने हो, मतभेद राख्ने हो, सारा कुरा गर्ने हो । तर, पार्टी जब चुनावमा जान्छ, चुनाव चिन्हका लागि ज्यान फाल्ने हो ।’ उनले भने, ‘म फेरि अनुरोध गर्न चाहन्छु, हामीसँग छोटो समय छ । यसलाई सम्हालेर जाऔँ ।’

थापाले पार्टीभित्र टिकटलाई लिएर असन्तुष्टि राख्ने सबैलाई समेटेर अघि बढ्ने स्पष्ट पारे ।