पोखरा – एमाले पोखरा महानगरपालिका कमिटीले आसन्न स्थानीय निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गरेको छ।


ADVERTISEMENT


शनिबार पोखरामा आयोजित एक कार्यक्रमबीच एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, मेयर उम्मेदवार कृष्ण थापा, उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङ लगायतले घोषणापत्र सार्वजनिक गरेका हुन्।


ADVERTISEMENT

# # #


‘हाम्रो अभिभारा, सुन्दर स्वच्छ पोखरा’, ‘श्रमसीप जुटाऔं, पोखरालाई उठाऔं’ भन्ने नाराका साथ ल्याइएको घोषणापत्रमा सहरका विभिन्न स्थानमा आवश्यकताअनुसार बस बिसौनी, प्रतीक्षालय, सवारी पार्किङ, जेब्रा क्रसिङ, पैदल मार्ग, साइकल लेन, फ्लाइओभर, टनेल, ओभरहेड ब्रिजसहित वैज्ञानिक ढंगले ट्राफिक व्यवस्थापन गरिने उल्लेख छ।

पोखरामा मोनोरेल र मेट्रो रेल चलाउन सम्भाव्यता अघि बढाउने योजना पनि घोषणापत्रले समेटेको छ।

पोखरा महानगरभित्र प्रदूषणलाई न्युनीकरण गर्ने उद्देश्यले विद्युतीय सवारी साधन सञ्चालन गर्न सहजीकरण गर्दै महानगरकै स्वामित्वमा विभिन्न स्थानमा विद्युतीय चार्जिङ स्टेसनको व्यवस्था गर्ने योजना पनि अघि सारिएको छ। महानगरभित्र बनाइने भौतिक पूर्वाधार अपांगमैत्री हुने पनि बताइएको छ।

तीन वर्षभित्र जनतालाई पायक पर्ने स्थानमा महानगरको प्रधान कार्यालय स्थापना गर्ने, नगर प्रमुखको संयोजनमा महानगरभित्र एउटा सामाजिक सेवा प्रदायक संयन्त्र गठन गरी संघ तथा प्रदेशसँगको सहकार्यमा सडक, खानेपानी, बिजुली, दूरसञ्चार, फोहोर व्यवस्थापन, ढल निकास आदिको एकीकृत सेवा र सुविधा प्रदान गर्ने योजना घोषणापत्रमा समावेश गरिएको छ।

सहरी सुरक्षा जोखिम न्यून गर्न मुख्य सहरी क्षेत्रभित्रका टेलिफोन तार हटाई अप्टिकल फाइबर जडान गरिनेछ भने बिजुलीका तारहरुलाई अन्डरग्राउन्डेड गर्ने गरी सुरु गरिएको कामलाई द्रुतगतिका साथ अगाडि बढाउने घोषणापत्रमा उल्लेख छ।

महानगरमा पर्ने मध्य पहाडी लोकमार्गको खण्डलाई छिटो निर्माण गर्न, केरुङ, काठमाडौं हुँदै पोखराबाट लुम्बिनीसम्म रेलमार्ग सञ्चालन र कोरला(भैंसालोटन नाका हुँदै अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्न प्रादेशिक सरकार एवं संघीय सरकारसँग सहकार्य गरने जनाइएको छ।