काठमाडौँ – गृहसचिव टेकनारायण पाण्डेले धिरजप्रताप सिंह काबिल प्रहरी अधिकारी भएकै कारण आईजिपीमा नियुक्ति बताएका छन् ।


ADVERTISEMENT


आज मन्त्रालयमा नवनियुक्त आइजिपी सिंहलाई दर्ज्यानी चिन्ह लगाउने कार्यक्रममा गृहसचिव पाण्डेले सरकारले प्रहरी प्रमुखका रूपमा छानेका सिंह प्रहरी संगठनलाई पनि उपयुक्त भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


सिँहमा परिपक्कता, जेष्ठता, कार्यकुशलता र कार्यक्षमता अब्बल भएकाले आइजिपी बनाईएको स्पष्ट पारेका छन् ।

‘घरमा पनि अभिभावकले सबै सन्तानलाई उत्तिकै माया गरेको पाइँदैन,’ सचिव पाण्डेले भने, ‘घरमा पनि विभेद हुन्छ। अहिले भएका एआइजीमध्ये सरकारले सिंहलाई छनौट गर्यो। उनलाई अभिभावकीय भूमिकाका हिसाबले सरकारले मन परायो’, गृहसचिव पाण्डेले स्पष्ट पारे ।

सिंहमा उत्तरदायित्व बहन गर्ने क्षमता, आफूभन्दा मुनिकालाई प्रोत्साहन र परिचालन गर्ने क्षमता भएको समेत गृहसचिवको मूल्यांकन छ ।

‘सिंहमा क्षमता देखेर आइजिपी नियुक्त गरिएको हो,’ गृहसचिव पाण्डेले भने, ‘सरकारले मन पराएको आइजिपी संगठनलाई पनि बढी भन्दा बढी उपयुक्त हुन्छ।’

आईजीपी शैलेश थापा क्षेत्रीले अवकास पाएसँगै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो । सिंहको बढुवालाई लिएर एआईजीद्वय विश्वराज पौडेल र सहकुल थापाले असन्तुष्टि जनाएका थिए ।