काठमाडौँ– नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले प्रहरीको साङ्गठानिक क्रियाकलापलाई प्रक्रियागत र पारदर्शी बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।


ADVERTISEMENT


सोमबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा नवनियुक्त आईजीपी सिंहले भने, ‘भ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’


ADVERTISEMENT

# # #


वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनलाई भयरहित र सुरक्षित गराउन सुरक्षा योजना बनाएर लागु गरिएको जानकारी दिदैँ सिंहले भने, ‘शान्तिपूर्ण चुनाव गराउन प्रतिबद्ध छु ।’

मानव अधिकारको संरक्षण र संवर्द्धन गर्दै विधिको शासन स्थापना गरेर आर्थिक संवृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा प्रहरी संगठन प्रतिबद्ध रहेको समेत उनले बताएका छन् ।

नेपाल प्रहरीको बल भनेको त्यहाँ कार्यरत व्यावसायिक प्रहरी कर्मचारी भएको उल्लेख गर्दै आईजीपी सिंहले उनीहरू सक्षम र व्यावसायिक भए मात्र अपराध नियन्त्रण गर्न सकिने बताए । ‘सहर केन्द्रित अपराधका चुनौती सामान गर्न प्रहरीलाई आधुनिकीकरण गर्नुको विकल्प छैन ’, उनले भने ।

उनले नेपाल प्रहरीको गरिमालाई उँचो राख्दै सबैलाई मिलाएर शान्ति सुरक्षा कायम राख्दै देश र जनताका पक्षमा सँगठनलाई बिश्वसनीय रूपमा सशक्त बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।