काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते नेपाल आउने भएका छन् । उनी बुद्व पूर्णिमा(जयन्ती)को अवसरमा नेपाल भ्रमण आउन लागेको भारतीय मिडियामा उल्लेख छ ।


ADVERTISEMENT


जानकारी अनुसार, उनी उक्त जयन्तीको अवसरमा बुद्वको जन्मस्थान लुम्बिनीमा हुने विशेष समारोहमा सहभागी हुनेछन् । एक महिना मात्रै अघि प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको औपचारिक भ्रमण गरेकाले मोदीले नेपाल भ्रमणको क्रममा काठमाडौँ नरोकिने भारतीय समाचार स्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #


पूर्णिमाको दिन नेपालका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदी संयुक्त रूपमा मायादेवी मन्दिर परिसरमा हुने दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी हुनेछन्।भारतीय प्रधानमन्त्री मोदी दिल्लीबाट हालै सञ्चालनमा आउको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी आउनेछन् । मोदी भ्रमणका लागि दुवै देशका अधिकारीहरुले व्यवस्था मिलाइरहेका छन् ।

प्रधानमन्त्री भएपछि सन् २०१४ र २०१८ मा दुई पटक नेपाल आएका मोदीको यो तेस्रो नेपाल भ्रमण रहनेछ ।