काठमाडौँ– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) का लागि सबैभन्दा बढी उपयुक्त देखिएकाले नै धीरज प्रताप सिंहलाई बढुवा गरिएको बताएका छन् ।


ADVERTISEMENT


आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री कार्कीले अन्यको तुलनामा बढी उपयुक्त देखिएकाले सिंहलाई आईजीपीमा नियुक्त गरेको बताएका हुन्। ‘सबैभन्दा उपयुक्त देखिएका एआईजीलाई बढुवा गर्ने निर्णय भएको हो,’ निर्णय सार्वजनिक गर्दै उनले भने।


ADVERTISEMENT

# # #


सिंहसंगै एआईजीपीहरु रविन्द्रबहादुर धानुक, विश्वराज पोखरेल र सहकुल थापा आईजीपीका प्रतिस्पर्धामा थिए । नवनियुक्त आईजीपी सिंहले सोमबार नै दर्ज्यानी चिन्ह लगाएर कार्यभार समेत सम्हालिसकेका छन् ।