काठमाडौँ– भारतले नेपालका लागि राजदूतमा अतिरिक्त सचिव नवीन श्रीवास्तवलाई नेपालका लागि राजदूत पठाउने तयारी गरेको छ ।


ADVERTISEMENT


यसअघिका राजदूत विनयमोहन क्वात्रा विदेश सचिवमा नियुक्त भएपछि त्यहाँको सरकारले श्रीवास्तवलाई नेपाल पठाउने तयारी गरेको भारतीय समाचार स्रोतले जनाएको हो । यद्यपि यसबारे त्यहाँको सरकारले भने औपचारिक रुपमा घोषणा गरिसकेको छैन ।


ADVERTISEMENT

# # #


भारतीय विदेश मन्त्रालयमा पूर्वी एसिया मामिला हेर्ने अतिरिक्त सचिव नवीन श्रीवास्तवलाई नेपालका लागि राजदूत नियुक्त गर्ने सम्भावना रहेको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्समा उल्लेख छ ।

हाल सातौँ वरीयताका अतिरिक्त सचिव रहेका श्रीवास्तव भारत–चीन सम्बन्धका जानकार मानिन्छन् । यसैकारण उनी ‘चीन विज्ञ’ का रुपमा समेत परिचित छन् । यसअघि पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीचको झडपपछिको तनाव समाधानका लागि विशेष पहल गरेका श्रीवास्तवले नेपालसँगको ‘संवेदनशील सम्बन्ध’ सम्हाल्ने हिन्दुस्तान टाइम्सले जनाएको छ ।

तर, नेपाली राजनीतिमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रभाव बढिरहेका बेला श्रीवास्तवको कार्यकाल चुनौतीपूर्ण हुन सक्ने पनि आँकलन गरिएको छ ।