काठमाडौँ– विभागीय टोली एपीएफ क्लबले छैठौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तर्गत महिलातर्फ पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएर एपीएफले पहिलो जित निकालेको हो ।


ADVERTISEMENT


एपीएफले आर्मीमाथि २७–२५, १३–२५,२५–२१ र २५–२३ को सेटमा जित निकालेको हो । यस अघि मंगलबार नै एभरेस्ट भलिबल क्लबले न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३–२ को सेटमा पराजित गर्यो एभरेस्टले न्यु डायमण्डमाथि २७–२५,१३–२५,२०–२५,२५–२१ र १५–१३ को संघर्षपूर्ण सेटमा जित निकालेको हो । लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ ।


ADVERTISEMENT

# # #


पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेको छ । महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट मावि रहेको छ । विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन् ।