मङ्सिर – मुलुकका बैङ्क तथा वित्तीय संस्थाको रकम कम्प्युटरको माध्यमबाट गैरकानुनी ढङ्गले हासिल गर्नेहरूबाट जोगाउनु ज्यादै चुनौतीपूर्ण बन्दै गएको निष्कर्षमा ‘बैङ्कर’हरू पुगेका छन् । साथै उनीहरूले ‘साइबर क्राइम’ नियन्त्रण राज्यको प्राथमिकता हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


विश्वभरको ‘बैङ्किङ’ प्रणाली ‘साइबर क्राइम’ को चपेटामा परेको र त्यसको नियन्त्रण चुनौतीपूर्ण बनिरहेको सन्दर्भमा मुलुकमा पहिलोपटक साइबर क्राइम र दु्रत रकम प्रवाह सेवा (स्विफ्ट)लाई सुरक्षित तुल्याउने उपायबारे छलफल गर्न बिहीवार राजधानीमा एकदिवसीय सम्मेलन आयोजना गरियो ।


ADVERTISEMENT

# # #


नेशनल बैङ्किङ इन्स्टिच्युटले आयोजना गरेको उक्त सम्मेलनलाई सम्बोधन गर्दै इन्स्टिच्युटका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले स्विफ्ट सेवालाई सुरक्षित तुल्याउन र त्यसलाई ‘ह्याकर’बाट जोगाउन बैङ्क तथा वित्तीय संस्थाले पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिए ।

‘सूचना तथा सञ्चार प्रविधिले सुविधासँगै चुनौती पनि थपेकाले त्यसको सामना गर्न लगानी पनि बढाउन अपरिहार्य भएको छ । सेवा प्रदायकको अस्तित्व नै समाप्त पार्ने किसिमको जोखिम बढेको छ,’ उनले भने ।

नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष अनिलकेशरी शाहले सञ्चालन खर्च जोगाउने उद्देश्यले अधिकांश बैङ्कले असली विद्युतीय उपकरण उपयोग नगरेका बताउँदै प्रविधिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर जनशक्ति र उपकरणमा यथेष्ट लगानी गर्नुपर्ने बताए ।

नेशनल बैङ्किङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले नेपालका बैङ्क तथा वित्तीय संस्थासमेत ह्याकरको निशानामा परेकाले बेलैमा सुरक्षाका उपाय अवलम्बन नगरे दुर्घटना हुने चेतावनी दिए ।

सम्मेलनमा साइबर क्राइम नियन्त्रणको क्षेत्रमा काम गरेका भारत र बङ्गलादेशका जानकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, वाणिज्य तथा विकास बैङ्कका साथै विप्रेषण तथा वित्तीय कारोबार गर्ने सङ्घसंस्थाका १ सय ८० उच्च अधिकारी सहभागी छन् ।

गत वर्ष बङ्गालदेशको केन्द्रीय बैङ्कबाट आठ करोड १० लाख अमेरिकी डलर चोरी भएको थियो । गत महीना ताइवानको फार इष्टर्न इन्टरनेशनल बैङ्कको छ करोड डलर स्विफ्ट सेवा ह्याक गरेर चोरी भएको थियो ।

भारतको केन्द्रीय बैङ्क रिजर्भ बैङ्क अफ इण्डियाले सन् २०१५र१६ मा १६ हजार ४ सय ६८ ओटा वित्तसम्बन्धी साइबर क्राइम भएका विवरण सार्वजनिक गरेको थियो । रासस