जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको संस्थागत र संविधान कार्यान्वयन गर्न गठबन्धन दललाई मत दिन आग्रह गरेका छन् ।


ADVERTISEMENT


शनिबार जनकपुरधाममा गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले विभिन्न आन्दोलनबाट प्राप्त अधिकार लोकतन्त्रको संस्थागत र संविधान सभाबाट निर्मित संविधानको कार्यान्वयन गर्न गठबन्धन दललाई मत जिताउन आग्रह गरे ।


ADVERTISEMENT

# # #


उनले गठबन्धन दलका हाम्रो पार्टी जसपाको मेयरले साढे चार वर्षमा जनकपुरधामकै मुहार फेर्न सफल भएको भन्दै अब जनकपुरधामलाई अझै पर्यटकीय नगरी र औद्योगिक नगरीको रुपमा समग्र विकासका लागि पुनः एक पटक गठबन्धन दल जसपाबाट मेयर लालकिशोर साह र कांग्रेसबाट उपमेयर किशोरी साहलाई जिताउन जरुरी रहेको बताए ।

अध्यक्ष यादवले साढे चार वर्षअघिसम्म जनकपुरधाम फोहरी शहरीको रुपमा परिचित थिए तर मेयर साहको नेतृत्वमा सडक फराकिलोका साथै सफा सुन्दर बनेकोले जारी योजना र अधुरा योजना पूरा गर्न र विकाससँग सम्बन्धित नयाँ योजनाहरु कार्यान्वयनका लागि गठबन्धन दललाई जिताउन आवश्यक रहेको कुरामा जोड दिए ।

उनले गठबन्धन दललाई यहाँका जनता जिताउन सफल भए यहाँको समग्र विकास हुने ग्यारेन्टी रहेकोले अब आउने दिनमा जनकपुरधाम सांस्कृतिक पर्यटकीय नगरीको रुपमा विकास हुने उनले बताए ।