शारीरिक संरचना अनुसार, छातीको भागमा दायाँ बायाँ हुने भित्री अंग नै फोक्सो हो यसको मुख्य काम भनेको श्वासप्रश्वासको माध्यमबाट शरीरभित्र अक्सिजन पुर्याउँदै  कार्बनडाईअक्साइडलाई बाहिर निकाल्नु हो


ADVERTISEMENT


यसरी मानवीय शरीरलाई जीवन्त राख्नका लागि अत्यावश्यक रहेको यस अंगमा संक्रमण भएमा व्यक्तिलार्ई सास फेर्न गाहृो हुनुका साथै अन्य थुप्रै समस्याहरु देखापर्छ जसले व्यक्तिको दैनिकीलाई समेत बिथोल्ने सम्भावना उच्च रहन्छ


ADVERTISEMENT

# # #


फोक्सोमा असर पुर्याउनमा व्यक्तिको जीवनशैलीदेखि पर्यावरणीय अवस्थासम्मले महत्वपूर्ण भुमिका निर्वाह गर्दछ यस्तै इन्फ्लुएन्जा, निमोनिया, क्षयरोग, फोक्सो क्यान्सर, आज्मा तथा सिओपीडी पनि फोक्सोमा क्षति पुर्‍याउन बढावा दिने रोगहरु हुन्

यस्तै, फोक्सोमा आघात पुर्‍याउने अर्काे रोग भनेको इन्टर्सटिसियल लङ्ग डिजिज (आईएलडी)पनि हो भर्खरै जर्मनीबाट आईएलडीसम्बन्धी फेलोसिप गरेर आएकी ह्याम्स अस्पतालमा कार्यरत पल्मोनोलोजिस्ट तथा आईएलडी स्पेशलालिस्ट डा. रक्षा पाण्डे नेपालका अधिकांश बिरामीसंगै चिकित्सकहरुमा समेत यस रोगसम्बन्धी उचित ज्ञानको अभाव भएको बताउँछिन् झण्डै देखि वर्षसम्मको आयु घटाउँने यस रोगको पहिचानकै लागि लामो समय लाग्ने हुदाँ झण्डै ८० प्रतिशत बिरामीहरुले ढिलो उपचार पाउने उनको भनाई

विश्वको सन्दर्भमा झण्डै २६. प्रतिशत महिला ३१. प्रतिशत पुरुषलाई यस समस्याले सताएको देखिन्छ । यस रोगकै कारण प्रतिवर्ष हजारभन्दा बढी व्यक्तिहरुले मृत्युवरण गरिरहेका छन् तर, समयमै रोगको पहिचान गर्न सकिएको खण्डमा यसले झण्डै आधाभन्दा बढी बिरामीको जीवन बचाउन सकिने उनको विश्वास यसरी विश्वव्यापी समस्याकै रुपमा स्थापित भएको आईएलडी वास्तवमा कस्तो समस्या होयसको उपचार सम्भव कि छैन, यसको जोखिम कम गराउन के गर्ने  ? यसै विषयमा आधारित रहेर डा. पाण्डेसंग हिमालय पोष्टकर्मी सृजना मगरले गरेको कुराकानीको सम्पादित अंश : 

इन्टर्सटिसियल लङ डिजिज भनेको के हो ?

इन्टर्सटिसियल लङ डिजिज(आईएलडी) भनेको एक किसिमको दीर्घ फोक्सो रोग हो । शारीरिक संरचना अनुसार, हाम्रो फोक्सो थुप्रै हावाका स–साना पोकाहरुले बनेका हुन्छन् । यी हावाका पोका वरिपरी रगतका नलीहरु हुन्छन् । जसबाट फोक्सोले अक्सिजन शरीरभरि प्रवाह गर्छ । र, यी दुईबीचको पातलो जालोलाई नै ‘इन्टर्सटिसियम’ भनिन्छ । समग्रमा भन्नुपर्दा विभिन्न कारणवश् सो जालो बाक्लो हुदैँ जाने रोग नै ‘इन्टेस्टिसियल डिजिज’ हो । जसले गर्दा फोक्सो सानो र कडा हुदैँ जान्छ ।

अर्थात्, सामान्य जनबोलीमा भन्ने हो भने, यस समस्या देखिएका व्यक्तिको फोक्सोमा दाग बस्दै जाने र फोक्सो कडा हुदैँ जान्छ । जसले बिरामीमा अक्सिजनको कमी हुने समस्या निम्त्याउँछ ।

व्यक्तिमा के कारणले यो समस्या देखापर्छ ?

आईएलडीका थुप्रै प्रकारहरु हुन्छन् । ती सबैमा इन्टरटिसियम बाक्लो हुन्छ ।  र, यसका प्रकार अनुसार कारणहरु पनि भिन्दा भिन्दै हुने गर्छन् ।

उसोभए यसका प्रकारहरुबारे पनि बताइदिनुस् !

प्रकारको सन्दर्भमा भन्नुपर्दा  आईपीएस’(इडियोपेथिक पल्मोनरी फाइब्रोसिस) को प्रकारले भने धेरै जनसंख्यालाई सताएको देखिन्छ । यद्यपि यो के कारणले व्यक्तिमा देखापर्छ भन्ने कारण हालसम्म पत्ता लागेको छैन ।

यस्तै, अर्को साझा रुपमा देखिने आईएलडी भनेको कनेक्टिभ टिस्यु डिजिज आईएलडी हो । व्यक्तिमा बोथरोगको कारण यो समस्या देखापर्छ । अर्काे भनेको हाइपर सेन्सिटिभिटी निमोनाइटिज हो । यो कुनै ढुसी, चराचुरुङ्गी, तथा केमिकलजस्ता  ‘एन्टिजिन’ ले व्यक्तिमा निमोनिया शुरु गर्छ । जसले गर्दा व्यक्तिमा आईएलडीको समस्या देखापर्छ ।

त्यसैगरि, कतिपयमा अकुपेशनल(पेशागत) का कारण पनि यस समस्या उत्पन्न हुने गरेको पाइन्छ । जस्तोः ढुङगा, इँट भट्टमा काम गर्ने, उखु खेती गर्ने किसानको समुह) ।

यसबाहेक विभिन्न औषधीको प्रयोगद्वारा सार्काेडोईसिस ड्रग रिलेटेड आईएलडी पनि देखिएका छन्, भने हालको सन्दर्भमा कोभिड–१९ संक्रमणका कारण पनि यससंग सम्बन्धित आईएलडी समस्याका केशहरु भेटिएका छन् ।

यस रोगका लक्षणको पहिचान कसरी गर्ने ?

यो रोगको लक्षण दम वा सिओपीडी रोगसंग मिल्दोजुल्दो हुन्छ । यसका कारण अनुसार, फरक–फरक लक्षण पनि देखिन्छ । तर,  धेरैजसोलाई भने, सुख्खा खोकी र स्वाँ–स्वाँ हुने समस्या देखिन्छ ।

यद्यपि यसमा देखिने साझा एवम् प्रमुख लक्षणको सन्दर्भमा भन्नुपर्दा, यस रोग लागेका बिरामीलाई उकालो चढ्दा या सामान्य हिडडुल गर्दा पनि दम (स्याँ–स्याँ आउनु) देखिने हुन्छ, भने कतिपयमा अक्सिजनको कमी भएर हातडोगा नीलो हुने, नङ डल्लो भएर आउँछ ।

यस्तै कतिपयमा भने, बाथका लक्षणहरुजस्तै हातगोडाका जोर्नीहरु दुख्नेलगायताका लक्षणहरु देखिन्छन् । समग्रमा भन्नुपर्दा आईएलडीका कारण फरक–फरक भएपनि यसले मुख्य रुपमा क्षति पुर्याउने अंग भनेको फोक्सो हो र यी सबै समस्यामा इन्टर्सटिसियम कडा भई फोक्सोमा दाग देखिन थाल्दछ ।

अनि यसलाई बढावा दिने अन्य पक्षहरु केके हुन् ?

जस्तो बाथरोगीहरुमा रिमोटोइड आर्थरर्ईटिस तथा इस्क्लेरोडर्मा भनिने छालासम्बन्धीको रोग तथा मायोसाईटिस लगायत फोक्सोलाई असर पु¥याउने अन्य धेरै किसिमका बाथरोगहरु हुन्छन् ।

जसकारण पनि यी व्यक्तिहरुमा अन्यको तुलनामा आईएलडीको समस्या देखापर्छ । यस्तै, धुलोधुवाँजन्य वातावरणमा बस्ने तथा धुम्रपान सेवनकर्तामा पनि यसको जोखिम उच्च रहन्छ ।

केही आईएलडीहरु आणुवंशिकको रुपमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुने सम्भावना भएकाले वशांणुगतको रुपमा पनि देखिन्छ । जसलाई फेमिलिएल आईएलडी पनि भनिन्छ ।  तसर्थ त्यस्ता व्यक्तिमा पनि युवावस्थामै यस्ता समस्या देखिन्छन् ।

कोरोना संक्रमित भएका व्यक्तिको हकमा आईएलडीको जोखिम कत्ति रहन्छ ?

कोभिड–१९ का सबै बिरामीमा आईएलडीको सम्भावना हुन्छ भन्ने हुदैँन । यद्यपि कोरोना संक्रमणकालमा कडा रुपमा कोरोना देखिएर लामो समयसम्म अस्पताल बसेका, भेन्टिलेटरकै सहायता लिनुपर्नै अवथा भएका र निमोनियका भएका व्यक्तिहरुको फोक्सोमा पनि दाग देखिने भएकाले यो आईएलडीसंग करिब–करिब मिल्दोजुल्दो रहेको देखिन्छ ।

पछिल्लो कोरोना महामारीको समयावधि भर्खरै २ वर्ष जति भएको छ भने, यसबीचमा आईएलडीसंग मिल्दोजुल्दो रोगहरु पनि देखिएको छ । तर, यस पछाडिको कारण भने कोभिडले गर्दा फोक्सोमा बसेको दागलाई मान्न सकिन्छ र धेरैजसो कोभिड–१९ संक्रमितको फोक्सोमा देखिएको सो किसिमको दाग विस्तारै निको हुदैँ गएको देखिन्छ । यद्यपि सो दाग व्यक्तिमा बढ्दै जान्छ कि जादैन भन्ने कुरा आउँदा दिनहरुमा मात्रै थाहा पाउन सकिन्छ । देखिएको   यसको जोखिम अन्य सामान्य व्यक्तिको तुलनामा अधिक रहन्छ ।

सारांशमा कोभिड र आईएलडीबीचको सम्बन्धको बारेमा भन्नुपर्दा कोभिड–१९ भाइरसका कारण देखिने भएकाले यसले गर्दा व्यक्तिमा देखापर्ने आईएलडीको समस्यालाई एआरडिएस(ARDS) आईएलडीअनतर्गत सुचिबद्व गरिन्छ ।

यसमा व्यक्तिको उमेर हदले प्रभाव पार्छ कि पार्दैन ?

आईएलडी यसका प्रकार अनुसार उमेरसंग सम्बन्धित भएको पाइन्छ । जस्तो बाथरोगका कारण निम्तिने आईएलडी धेरैजसो महिलाहरुमा र युवावस्थामा बढी देखिन्छ । यस्तै, आईपीएफ भनिने, आईएलडी र पेशागतका कारण देखापर्ने आईएलडी भने प्रायजसोः धुम्रपान सेवनकर्ता, पुरुष तथा ५५ वर्ष माथिका समूहमा देखिएको पाइएको छ ।

यस्तै,  यो समस्याले केही हदसम्म बालबालिकालाईसमेत सताएको पाइन्छ । जसलाई ‘पेडियाट्रिक आईएलडी’ भनिन्छ । यद्यपि न्युन बच्चाहरुमा मात्रै यो समस्या रहेको देखिन्छ । यसबाट पनि के प्रस्ट हुन्छ भने आईएलडीका प्रकार अनुसार, यसले सताउने उमेर समूह पनि फरक–फरक रहेको देखिन्छ ।

यो रोगको रोकथाम गर्न सकिन्छ कि सकिदैँन ?

यो रोगको एक पक्ष भनेको यसले कसलाई सताउँछ र कसलाई सताउँदैन भनेर पहिल्यै अन्दाज गर्न अलि कठिन हुन्छ । फाइब्रोसिस भएपछि यस रोगलाई निर्मुल गर्न सकिदैँन । तर, रोगको गतिलाई भने हामीले नियन्त्रण गर्न सक्छौ । यद्यपि यसलाई बढावा दिने पक्षहरुबाट टाढै रहनाले पनि यसको जोखिमलाई न्युनिकरण गर्न सकिन्छ ।

जस्तोः धुम्रपान त्याग्ने तथा उचित आहारको सेवन गर्ने, तौलको नियन्त्रण गर्ने शारीरिक रुपमा सक्रिय रहनजस्ता स्वस्थ्य जीवनशैली अपनाउँदै धुलोधुवाँजन्य वातावरणमा बस्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने बानीले पनि यस रोगको जोखिमलाई कम गराउँन महत्वपूर्ण भुमिका खेल्छ । यस्तै, बाथरोगका बिरामीलाई खोकी लागेमा वा स्याँ–स्याँ आउने समस्या देखिएमा चिकित्सकको सल्लाह लिने । यस्ता बानीले बिरामीमा आईएलडीको समसया भए/नभएका पहिचान गर्दै अर्लि डायग्नोसिस-पहिल्यै पहिचान_ गर्न सकिन्छ ।

जसले बिरामीले समयमै उपचार पाउने कुरा त छदैछ संगै यसबाट देखापर्न सक्ने अन्य जोखिमलाई समेत न्युनिकरण गराउँछ ।

यस रोगको निर्मुलीकरण अथवा उपचार सम्भव कि छैन ?

हामीले के बुझ्नुपर्छ भने आईएलडी निर्मुल हुने रोग होइन । यसलाई बरु नियन्त्रण गर्न सकिन्छ । भन्नाले मुटुरोग, सुगर, प्रेसरजस्तै यो रोगलाई पनि निको पार्न सकिदैँन । यद्यपि औषधिको प्रयोगले सो समस्या शरीरमा जुन रफ्तारले हाबी भइरहेको हुन्छ त्यसलाई घटाउँदै त्यसबाट हुनसक्ने अझै धेरै असरबाट भने बच्न भने पक्कै बच्न सक्छौ ।

आईएलडीको हकमा गत १० वर्षयता मात्रै यससम्बन्धी दुई वटा औषधि स्वीकृत भएको छ । जसले रोगको पूर्ण रुपमा निर्मूलीकरण नगरेपनि रोगको प्रेसर र प्रोग्रेसलाई भने कम गराउँछ ।

पहिचान भएपछि यसका उपचार प्रकृयाहरु के के हुन् ?

आईएलडीको उपचार प्रकृया व्यक्तिमा देखिएको यसका प्रकार अनुरुप फरक–फरक रहन्छ ।

तसर्थ यसका लागि सर्वप्रथम त कुन किसिमको आईएलडी हो भन्ने पक्षको पहिचान गर्नुपर्छ । जसका लागि फोक्सोको हाई रिजोलुशन सिटी स्क्यान अत्यन्तै उपयोगी देखिन्छ । यससंगै बाथरोगको लक्षण भएकाको रक्तजाँच गर्ने र, पीएफटि(पल्मोनरी फङसङ टेस्ट)ले पनि यस रोगको पहिचानमा मद्दत पुर्याउँछ । यससंगै मुटुको जाँच पनि गर्न सकिन्छ ।

यस्तै, आईएलडीका लक्षण देखिएका बिरामीमा उनीहरुको अवस्था अनुसार, ब्रङकोस्कोपी (पेटमा गर्ने इन्डोस्कोपीजस्तै, एक किसिमको क्यामेरा फिट भएको उपकरणमार्फत फोक्सोको जाँच तथा बायोप्सी परीक्षण पनि गरिन्छ ।

यी सबै प्रकृया भनेको बिरामीमा आईएलडी भए/नभएको पहिचानका लागि हुन् भने यस रोगको पुष्टिपछि पनि बिरामीमा आईएलडीको कुन प्रकार देखिएको हो भन्ने कुराको पत्ता लगाइन्छ । र, सोहि अनुसार, नै बिरामीको उपचार गरिन्छ ।

एक आईएलडी स्पेशलालिस्टको दृष्टिबाट यस क्षेत्रमा के–कस्ता चुनौतीहरु रहेको देख्नुहुन्छ ?

आईएलडीको लक्षण सिओपीडी, आज्मा तथा ब्रङकटाइटिसजस्ता अन्य थुप्रै रोगहरुसंग मिल्दोजुल्दो भएकाले संसारभरिकै कुरा गर्ने हो भने युरोप तथा बेलायतजस्ता देशहरुमा पनि यसको पहिचान गर्न नै झण्डै १ वर्षभन्दा बढि समयसम्म लागेको देखिएको छ । यसर्थ उचित समयमै रोगको पहिचान नहुनु त एक मुख्य चुनौती छदैछ अर्को भनेको यस सम्बन्धीको उचित ज्ञानको अभाव पनि हो ।

यहाँ मकहाँ उपचार गर्न आउने झण्डै ८० प्रतिशत बिरामीहरु धेरै ठाउँमा गएर लेट स्टेज(अन्तिम चरण)मा आउने गर्छन् भन्न खोजेको के हो भने, यस केशको हकमा बिरामी मात्रै नभई कतिपय स्वास्थ्यकर्मी तथा चिकित्सकलाई समेत यससम्बन्धी उचित ज्ञान नभएको देखिन्छ । यद्यपि यो आज्मा तथा दम जत्तिको साझा रुपमा नदेखिएपनि नेपालको सन्दर्भमा भने यसका बिरामी संख्या अधिक रहेको छ ।

फेरि, अर्को भनेको यो रोग(विशेषगरी आईपीएस प्रकारको आईएलडी)को समस्याले व्यक्तिहरुको आयु ३ देखि ८ वर्षसम्म घट्ने हुन्छ । यदि त्यस्ता बिरामीको रोग पहिचानमै २–३ वर्ष लाग्यो भने रोग वृद्विका कारण सो बिरामीको उमेर पनि छोटिदैँ जान्छ ।

सो समस्या न्युनिकरणका लागि केकस्ता पहल आवश्यक देखिन्छन् ?

मैले अघि भनेजस्तै यस रोगबारे बिरामीसंगसंगै कतिपय चिकित्सकहरु समेत अनभित्र हुनुहुन्छ । तसर्थ यसका लागि विभिन्न सम्बन्धित निकाय, संघसंस्था र सरकारी निकायबाटै उचित जनचेतना प्रवाह गरिनुपर्छ । ताकी यस रोगका बिरामीहरुले समयमै उपचार पाउन सकुन् ।

यस्तै, बिरामीसंगै चिकित्सकले पनि आज्मा र सिओपीडीका लक्षणका बिरामीमा आईएलडीको समस्या पनि हुनसक्छ भनेर त्यस सम्बन्धी पनि जाँच गराउनु आवश्यक देखिन्छ ।

अन्त्यमा, ह्याम्सको सन्दर्भमा अस्पतालमा आईएलडीको उपचार गरिन्छ कि गरिदैँन बताइदिनुस् न !

ह्याम्स अस्पतालकामा भएका हामी पल्मोनोलोजिस्टहरुले पहिलेदेखि नै आईएलडी बिरामीहरु हर्ने गरेका  छौँ । अहिले यहाँ आईएलडी स्पेशलालिटी क्लिनिक पनि शुरु गरेका छौँ । यहाँ आईएलडीलार्य आवश्यक सबै टेस्टहरु उपलब्ध छ ।

https://www.facebook.com/HimalayaPostNepal/videos/308517694639720