काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन अव घेरै दिन नटिक्ने दावी गरेका छन् । सोमबार एमाले किर्तिपुर निर्वाचन परिचालन कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतालाई धम्काउदै, तर्साउदै हिडिरहेकाले गठबन्धन अव घेरै दिन नटिक्ने दाबी गरेका हुन् ।


ADVERTISEMENT


गठबन्धन धोत्रो पसेको रुखजस्तै भएको र छिट्टै ढल्ने उनको टिप्पणी छ । ओलीले अहिले मुलुकमा राष्ट्रियताको रक्षा गर्ने एमाले एकातिर र मुद्दा जित्दै सरकारमा बसेर मुलुक बिगार्नेहरु अर्कोतर्फ भएकाले जनताले उचित फैसला गर्ने विश्वास व्यक्त गरे ।


ADVERTISEMENT

# # #


कुनै उद्देश्य नभएका दलहरुको गठबन्धनको ध्येय देश बनाउने मजबुद पार्टी एमालेलाई कमजोर बनाउनु मात्र रहेको उनको भनाई छ । आफ्नो पार्टीले चूनाव जिते युवाहरुलाई मलेशिया पठाउने र चूनाव नजिते बजेट रोक्ने धम्कीले कांग्रेसको नीति स्पष्ट भएको उनले बताए ।

अध्यक्ष ओलीले देशको राष्ट्रिय हितका लागि बनेको पार्टी एमाले नै भएको भन्दै जनताले एमालेलाई विश्वास गर्नुपर्ने जिकिर गरे ।