काठमाडौं – आज पनि देशका केही ठाउँमा पानी पर्ने अनुमान छ ।


ADVERTISEMENT


मौसमविद् हिरा भट्टराईका अनुसार आज दिउँसोपछि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ ।


ADVERTISEMENT

# # #


यस्तै, अन्य प्रदेशका एकरदुई ठाउँमा पनि पानी पर्ने अनुमान छ । केही दिनयता काठमाण्डौसहित देशका धेरै ठाउँमा दिनहुँजसो पानी परिरहेको छ ।

बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवातको आंशिक प्रभाव र स्थानीय वायुसँगै भारतको बिहारदेखि पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा भइरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिए ।