काठमाडौं – महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आज (वैशाख–२५) आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । कमलपोखरी काठमाण्डौ स्थित होटल हुकुम दरबारमा सम्पन्न सभाको अध्यक्षता कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले गरेका थिए ।


ADVERTISEMENT


सभाले सर्वसम्मतिबाट कम्पनीको अधिकृत पूँजी र जारी पूजी क्रमशः ५ सय करोड र ३०० करोड हुने गरी पूँजी बृद्धि गर्ने, सर्वसाधारणलाई ९० करोड बराबरको शेयर निष्काशन गर्ने तथा मर्जर, एक्विजेसन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने गरी निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


बीमा समितिले चैत्र १० गतेको निर्देशनबाट कम्पनीको चुक्ता पूँजी ५ सय करोड गर्ने निर्देशन दिइसकेपछि संचालक समितिको निर्णय अनुसार पूँजी बृद्धि योजना पेश गरेको थियो । सोही योजना बमोजिम बीमा समितिबाट पूँजी बृद्धि गर्ने सहमती लिएर विशेष साधारण सभा आव्हान गरेको थियो । सभाको अन्तमा संचालक सुरेश सापकोटाले विशेष साधारण सभा सफलता पूर्वक सम्पन्न गर्नमा सहयोग गरेकोमा सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिए ।

पूँजी बृद्धि योजना बमोजिम मर्जर र एक्विजेशन पछि चुक्ता पूँजी ५ सय करोड पुर्‍याउने उद्देश्यले विशेष साधारण सभा सम्पन्न भएपश्चात बसेको संचालक समितिको ५८ ‌औँ बैठकले संचालक सुरेश सापकोटाको संयोजकत्वमा संचालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई सम्मिलित तिन सदस्यिय मर्जर कमिटी गठन गरेको कम्पनीले सार्वजनिक गरेको प्रस विज्ञप्तीमा उल्लेख छ ।