काठमाडौँ– १३ औं दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता भारोत्तोलक सञ्जु चौधरी ललितपुरको लुभुमा मृत फेला परेकी छन् ।


ADVERTISEMENT


केही दिन यतादेखि प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान मृत फेला परेकी प्रहरीले जनाएको हो ।


ADVERTISEMENT

# # #


चौधरी आज बिहान बन्द कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ । घटनाको प्रारम्भिक तथ्य हेर्दा चौधरीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएपनि अहिलेसम्म घटनास्थलमा सुसाइड नोट भने नभेटिएको प्रहरीले बताएको छ ।

बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी घर भएकी सन्जुले सन् २०१९ को डिसेम्बरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् ।

उनी सलले पासो लागेको अवस्थामा मृत फेला परेकी हुन् । प्रहरीले उक्त घटनाको जाँच मुचुल्का बनाएर शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी गरेको छ ।