काठमाडौं – लण्डनको स्पा ब्राण्ड ‘नौद थाइ’ र ‘माइ थाई’ रेष्टुरेण्टको भब्य उद्घाटन भएसङै पूर्ण रुपमा सञ्चालनमा आएको छ । नेपालका लागि थाइल्याण्डका राजदुत भोसिता भोरासावले नौद थाइ स्पा र ‘माइ थाई’ रेष्टुरेण्टको संयुक्त उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


नौद थाई स्पा सन्चालनमा आएको भएता पनि अधिकारिक रुपमा उद्घाटन गरिएको थिएन । नेपालका लागि थाइल्याण्डका राजदुत भोसिता भोरासावले उद्घाटन गरे सँगै स्पा र रेष्टुरेण्ट पूर्ण रुपमा सन्चालनमा आएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत भोसिता भोरासावले नौद थाई स्पा उद्घाटन गर्न पाउँदा धेरैनै खुशी लागेको बताए । उद्घाटन कार्यक्रममा बिभिन्न थाइ साङितिक प्रस्तुती समेत रहेको थियो ।


ADVERTISEMENT

# # #


नौद थाई स्पाले नेपालमानै अन्तराष्ट्रिय स्तरको स्पा, मसाज तथा वेलनेस सेन्टरको सुबिधा दिइरहेको छ । काठमाण्डौंका मानिसहरुको जीवन अत्यन्तै व्यस्त भइरहेको सन्दर्भमा स्पा, मसाज तथा ‘बडी केयर वेलनेस’ले शरीर तन्दुरुस्त बनाउने गर्दछ । नौद थाई स्पाले अल इन वान सेवा उपलब्ध गराउँदै आएको छ ।

जसमा मसाज, स्टिम, साउना, ज्याकुजी, हेयर सलुन, कलरिङ्ग, फेसियल, मेनिक्युर, पेडिक्युर लगायतका सुविधाहरु पाउन सकिन्छ । नौद थाइ स्पाले आम ग्राहकको माया पाउन सफल रहेको छ । काठमाण्डौंका मानिसहरु आफ्नो शरीरलाई समय दिने, स्पा मसाजमा जाने ट्रेण्ड चलिरहेको अवस्थामा अन्तराष्ट्रिय स्तरको मसाज नेपालमै खुल्नु खुशीको कुरा हो ।

हाल नौद थाई स्पा बेलायतको आठवटा विभिन्न स्थानहरुबाट सेवा दिँदै आएको र काठमाडौंमा खोलिएको नौद थाई स्पा ग्लोबल आउटलेटको एक आउटलेट रहेको छ । नौद थाई स्पामा आएका ग्राहक दोहोरिएर आएको र यहाँको सेवा अन्तराष्ट्रिय स्तरको रहेको पाइएको छ । स्पा र रेष्टुरेण्टको सेवाबाट ग्राहकहरु उच्चतम सन्तुष्ट हुने विश्वास लिइएको छ ।

साथै थाइ परिकारको अथेण्टिक खाना खुवाउने लक्ष्य माई थाईले लिएको छ । यसका लागि माइ थाईले थाइल्याण्ड देशबाट नै सेफ हायर गरी ल्याइएको हो । थाई परिकार मनपर्नेहरुले एकपल्ट माइ थाई रेष्टुरेण्ट आएर उपलब्ध सेवा लिन सक्नेछन् । नौद थाई स्पा र माइ थाई रेष्टुरेण्ट काठमाण्डौंको मुटु पानीपोखरी लाजिम्पाटमा अबस्थित रहेको छ ।