काठमाडौँ – मंगलबार मृत भेटिएकी १३औँ सागकी स्वर्ण विजेता सन्जु चौधरीको पार्थीव शरिरमा नेपाल ओलम्पिक कमिटीको झण्डा ओढाएर सम्मान गरिएको छ ।


ADVERTISEMENT


राष्ट्रिय खेलकुद परिषदमा मंगलबार चौधरीको पार्थिक शरिरमा सांसद एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले फुलमाला तथा अबिरबाट श्रद्धान्जी अर्पण गरे ।
यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा र राष्ट्रिय खेलकुद परिषद्को झण्डा ओढाउनुका साथै अबिर तथा फुल मालाले श्रद्धान्जली ब्यक्त गरे ।


ADVERTISEMENT

# # #


यस्तै राखेपका विभागिय प्रमुखहरु, नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट, कर्मचारीहरु, खेलाडी तथा खेलकर्मीहरुले श्रद्धान्जली ब्यक्त गरेका थिए । भारोत्तोलन प्रशिक्षक संजय महर्जनले सन्जु निकै मेहनती खेलाडी भएको र निधनले निकै क्षति पुगेको बताए ।

चौधरी ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक संजय महर्जनको घरमा मंगलबार बिहान मृत भेटिएकी थिइन् । १९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा सामेल हुन सन्जु काठमाडौं आएकी थिइन् । उनी एसियन गेम्सका लागि प्रारम्भिक छनोटमा परेकी थिइन् ।

बाँके घर भएकी सन्जुले १३ औं सागमा महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् ।