काठमाडौँ– बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका–२ बस्ने २७ वर्षीय रामराज खड्कीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


उनीमाथि उच्च अदालत पाटनको २०७८ चैत २५ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा ३ दिन कैद र १० लाख रुपैयाँ जरिवाना सुनाएको थियो । यद्यपि त्यसबेला फरार भएका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं मनमैजुबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


खड्कीमाथि प्रभु बैंक लिमिटेडमा रहेको उनकै खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी चेक दिएको अभियोग छ ।

हाल उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।