बारा– प्रहरीले अवैध लागूऔषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका–२१ बाट प्रहरीले बुधबार बिहान करिब १५ किलो अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेमा २४ वर्षीय सुरज पाण्डे नामका भारतीय नागरिक सहित अन्य ३ जनालाई रहेका छन् । ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.२ ह १३६४ नम्बरको अटोलाई जाँच गर्ने क्रममा २ ओटा बोरामा लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारेको थियो । सोहि क्रममा अटो चालक पाण्डे समेत ३ जना पक्राउ परेका हुन् ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।