काठमाडौँ– उपत्यकाबाट स्थानिय निर्वाचनका लागि आफ्नो गाउँघर फर्किने मतदाताहरुको क्रम जारी छ । चुनावकै लागि पछिल्लो ४ दिनमा मात्रै २ लाखभन्दा बढी उपत्यकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


महाशाखाका अनुसार, वैशाख २४ देखि २७ गतेसम्ममा क्रमशः ५३ हजार, ५५ हजार ७४६, ५० हजार ९३० र मंगलबार करिब ५९ हजार ८१ गरी झण्डै २ लाख २० हजारभन्दा बढीले काठमाडौँ उपत्यका छाडेका छन् ।


ADVERTISEMENT

# # #