काठमाडौँ– नबिल बैंक र गेटवे पेमेन्ट सर्भिस प्रा. लिबीच एक व्यावसायिक सम्झौता भएको छ । बैंकले बुधवार नेपालमा आफ्नो मोबाइलमा आधारित रियल–टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआई) को स्वीकृति प्रदान गर्न गेटवे पेमेन्ट संग साझेदारी गरेको हो ।


ADVERTISEMENT


सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत निल केशरी शाह र गेटवे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् । यो साझेदारीले नबिल बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई भारतका व्यापारी स्टोरहरूमा सुरक्षित र निर्बाध भुक्तानीहरू गर्न सक्ने बताइएको छ ।


ADVERTISEMENT

# # #


त्यसैगरी, नबिल युपिआई क्युआर सम्बद्ध र सक्षम भएका व्यापारीहरूले फोनपे, गुगल पे, र पेटीएम लगायत ग्एक्ष् आधारित मोबाइल एपहरू प्रयोग गरेर भारतीय पर्यटकहरूबाट भुक्तानीहरू स्वीकार गर्न सक्नेछन् ।

युपिआई अन्तर बैंक र सीमापारी लेनदेनको सुविधाको लागी भारतको राष्ट्रीय भुक्तानी निगमद्वारा विकसित एक रियल–टाइम भुक्तानी प्रणाली हो । यस साझेदारीले प्रत्येक वर्ष स्वास्थ्य, शिक्षा र ब्यापार सेवा भुक्तानीको लागि सीमापार यात्रा गर्ने लाखौं नेपाली र भारतीयहरूलाई दवै देशका पसल र व्यापारी पसलहरूमा युपीआई आधारित मोबाइल अनुप्रयोगहरू प्रयोग गरेर निर्बाध रूपमा आÏनो खरिदहरूको भुक्तानी गर्न सक्षम बनाउने विश्वास लिइएको छ ।

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।