काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध लगाएको १४ आरोप प्रमाणित गर्न हालका अध्यक्ष कर्माछिरिङ शेर्पालाई चुनौती दिएका छन् ।


ADVERTISEMENT


बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै थापाले आाफूमाथि लगाइएका आरोपमध्ये १४ वटा प्रमाणित गर्न छिरिङलाई चुनौती दिएका हुन् । आफूमाथि लगाइएको आरोप प्रमाणित गर्न नसके एन्फा र फिफाको नियमअनुसार कारबाहीको भागेदारी हुने थापाको चेतावनी छ ।


ADVERTISEMENT

# # #


१५ वर्ष सँगै व्यवस्थापनमा रहेका कर्माछिरिङले आफू प्रति लगाएको आरोप प्रेस विज्ञप्ति र भिडियो क्लिपमार्फत थापाले सार्वजनिक गरेका थिए । थापाले पत्रकार सम्मेलनको मुख्य उदेश्य आरोप प्रमाणित गर्नुस भन्नु रहेको र एन्फाको निर्वाचनसँग कुनैपनि सम्बन्ध नरहेको स्पष्ट पारे ।

उनले चाँडै आफु कानूनी रुपमा राखेप, मन्त्रालय, फिफा लगायतका निकायमा अपिल गर्ने समेत बताए । उनले एएफसीका पूर्व अध्यक्ष बीन हमामसँग लिएको एक लाख डलरका कारण फिफाले आफुलाई कारवाही गरेको र त्यो सहर्ष स्विकारेर कारवाही भोगिरहेको बताए । फिफाले थापालाई १० बर्षसम्म कुनैपनि फुटबल गतिविधीमा संलग्न हुन नपाउने गरेर कारवाही गरेको थियो ।