दोलखा – दोलखाको तामाकोशी गाउँपालिका–१ भीरकोटका वडाध्यक्ष नै मतदाता परिचयपत्र लुटपाटमा संलग्न भएका छन् । मतदान केन्द्रमा मतदाताहरुलाई बाँड्न राखिएको मतदाता परिचयपत्र लुटेर बुधबार दिउँसो वडाध्यक्ष महेश काफ्ले भागेका थिए ।


ADVERTISEMENT


वडाध्यक्ष काफ्ले १ सय २५ थान मतदाता परिचयपत्र लुटेर फरार भएको केही समयपछि नै प्रहरीले नियन्त्रणमा लिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गंगा पौडेलले बताए ।


ADVERTISEMENT

# # #



ADVERTISEMENT

#
#


मतदाता परिचयपत्र बोकेर तिब्र गतिमा दौडिएका काफ्लेलाई मतदान केन्द्रमा खटिएका प्रहरीले तत्काल पक्राउ गर्न नसके पनि केहि समयपछि उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका वडाध्यक्ष काफ्लेलाई जिल्ला प्रहरी कार्यालय चरिकोट ल्याइएको उनले बताए ।

प्रतिकृया

प्रतिकृया