काठमाडौँ – काठमाडौं महानगरपालिकाको मतगणना हुने स्थान राष्ट्रिय सभागृहमा सीसीटिभी जडान गरिएको छ ।


ADVERTISEMENT


मतगणनास्थानमा सिसिटिभी जडान गर्ने निर्वाचन आयोगको योजना अनुसार नै सभागृहमा सीसीटिभी जडान गरिएको हो । त्यस्तै मतगणनाको सुरक्षा व्यवस्थापनका लागि तार जाली राखिएको छ । राष्ट्रिय सभाभित्र एक साथै पाँच भन्दा धेरै ठाँउमा मतगणना हुनेछ ।


ADVERTISEMENT

# # #


मतपेटिका राख्ने ठाउँदेखि गणना हुने ठाउँ सीसीटिभीको पूर्ण निगरानीमा रहने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिए । उनले मतगणनाको उचित सुरक्षाको सवै व्यवस्था काठमाडौं जिल्लाभरि गरिएको बताए ।

मतगणनालाई निष्पक्ष बनाउन देशका विभिन्न स्थानमा सीसीटिभी जडान गरिएको हो ।