काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले स्थानीय निर्वाचनका लागि मतदान गरेका छन् । प्रमुख आयुक्त थपलियाले भक्तपुरको मध्यपुर ठिमी मतदान केन्द्रबाट आज बिहान ७ बजे पहिलो मतदान गरेका हुन् ।


ADVERTISEMENT


मतदान गरिसमेपछि उनले आफूलाई गर्व र खुसी महसुस भएको प्रतिक्रिया दिए । उनले भने, ‘मतदान गर्न पाउँदा म अत्यन्तै गर्व र खुसी व्यक्त गरिरहेको छु, ७४ को निर्वाचनमा ढिलो गरे पनि उत्साहपूर्वक मतदान गर्न पाएको थिइन । आफ्नो जनप्रतिनिधि छान्न पाउँदा मलाई गर्व महसुस भएको छ ।’


ADVERTISEMENT

# # #


उनले मतदान केन्द्रमा आएर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातालाई आग्रह गरे ।