काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरका लागि सत्ता गठबन्धनकी साझा उम्मेदवार काँग्रेस नेतृ सिर्जना सिंहले मतदान गरेकी छन् । उनले आज बिहान ८ बजे काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा श्रीमान् प्रकाशमान सिंहसँग पुगेर मतदान गरेकी हुन् ।


ADVERTISEMENT


मतदान गरेपछि उनले आफू जित्ने ढुक्क भएको दाबी गरिन् । मतदान गर्न पाउँदा खुसी व्यक्त गर्दै उनले भनिन्, ‘जित्छु भनेर ढुक्क छु । देश बनाउन आएका छौँ, महानगर बनाउन आएका छौँ, गठबन्धनका उम्मेदवारलाई जिताइदिनुहोला ।’


ADVERTISEMENT

# # #


उनले आफू काठमाडौँलाई सफा गर्न आएको र सफा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरिन् ।