भक्तपुर – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले मतदान गरेका छन् । उनले भक्तपुरको विद्यार्थी निकेतन बुथमा पुगेर मतदान गरेका हुन् ।


ADVERTISEMENT


मतदानपछि प्रतिक्रिया दिँदै अध्यक्ष बिजुक्छेले आफ्ना इच्छा अनुसार, आफूले बुझेको र भावनाअनुसार मतदान गर्न आग्रह गरे । उनले आउने जनप्रतिनिधिले जनताका इच्छाआकांक्षा पूरा गर्नका लागि काम गर्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


अध्यक्ष बिजुक्छेले भने, ‘भक्तपुर नगरपालिका सानो छ, टेलिफोनका तार व्यवस्थापन गर्नुपर्ने छ । खानीपानीको समस्या छ, मेलम्चीको पानीको केही ठेगान छैन । यी समस्यामा काम गर्नुपर्ने छ ।’

उनले भक्तपुर नगरपालिकालाई नमूना नगरपालिका बनाउन आउने नयाँ जनप्रतिनिधिले काम गर्नुपर्ने बताए । भक्तपुर नगरपालिकामा यस अघि पनि नेमकिपाले जितेको थियो ।