ललितपुर – जिल्लाका छ पालिकामध्ये चार पालिकामा मतगणना सुरु भएको छ भने दुई पालिकामा सुरु गर्ने तयारी गरिएको छ । ललितपुर महानगरपालिकामा ७ बजेदेखि सर्वदलीय बैठक सुरु भएको छ ।


ADVERTISEMENT


सो बैठक सकेर मतगणना सुरु हुने जिल्ला निर्वाचन अधिकृत गोमा धमला घिमिरेले जानकारी दिए । गोदावरी नगरपालिकामा गएराति १ बजेदेखि मतगणना सुरु भएको थियो ।


ADVERTISEMENT

# # #


जिल्लाका दक्षिणी भेगमा पर्ने बागमती , कोञ्जेसोम र महाङ्काल गाउँपालिकामा गएराति अबेरदेखि नै मतगणना सुरु भएको बताइएको छ । महालक्ष्मी नगरपालिकामा आज ११ बजेदेखि मात्रै गणना सुरु हुने भएको छ ।

राति बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको थियो ।