काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री बर्षमान पुनले सरकारको नीति कांग्रेसको र कार्यक्रम एमालेको जस्तो देखिएको बताएका छन् ।


ADVERTISEMENT


आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पुनले ठूला दलबीचको गठबन्धका कारण नीति एकतिरबाट र कार्यक्रम अर्कोतर्फबाट ल्याउनुपर्ने अप्ठेरो सरकारलाई देखिएको समेत बताए । उनले सरकारको नीति तथा कार्यक्रममा, नीति मात्रै आएको र आर्थिक बर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा कार्यक्रममात्रै आएको टिप्पणी गरे ।


ADVERTISEMENT

# # #


नीति तथा कार्यक्रम र सिद्धान्त हेर्दा सरकार नै अलमलमा परेको भन्दै पुनले गठबन्धन सरकार लामो समय अघि बढ्दा जस्तो आफूलाई नलागेको उनले बताए । उनले सरकार निरन्तर अघि बढे देश र जनताले दुख पाउने धारणा राखे ।

पुनले नीति तथा कार्यक्रममाथि उठेका विषयमा प्रधानमन्त्री गम्भीर नदेखिएको बताए । उनले अबको बजेट पनि कामचलाउ जस्तो आउने आशंका देखिएको उल्लेख गरे ।