मनाङ – मनाङको ङिस्याङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।


ADVERTISEMENT


सो गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याएर विजयी भएका हुन् । घलेका प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङ (घले) ले ७ सय १३ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


कान्छा यसअघि पनि अध्यक्षमा निर्वाचित भएका थिए। उपाध्यक्षमा एमाले समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले ७ सय ४४ मत ल्याएर विजयी भएका छन् । कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याएका छन् ।

मनाङमा सबैभन्दा धेरै ३ हजार ५ सय ३५ मतदाता रहेको मनाङ ङिस्याङ गाउँपालिकामा १ हजार ६ सय ५७ मत अर्थात ४६।८७ प्रतिशतमात्रै मत खसेको थियो ।