काठमाण्डौं-रुपन्देही जिल्लामा प्रदेश तथा प्रतिनिधी सभाको चुनावलाई लक्षित गर्दै चार दिनसम्म मदिरा बिक्रीमा रोक लगाइने भएको छ ।


ADVERTISEMENT


जिल्ला प्रशासन कार्यालयले मंसिर १८ देखि २२ गतेसम्म जिल्लाभर मदिरा बिक्री वितरण नगर्न सम्वद्ध पक्षलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT

# # #


निर्वाचन शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि चार दिनसम्म मदिरा बिक्री रोकिएको प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।

नियम उल्लंघन गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ ।