हेटौँडा – हेटौँडा उपमहानगरपालिकाको मतगणना स्थानीय सिद्धार्थ माध्यमिक विद्यालयको भवनमा आज बिहान ७ बजेदेखि सुरु भएको छ ।


ADVERTISEMENT


बिहान ११ः बजे सम्म २०० मत गन्दा नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार अनन्त पौडेलले ७१, गठबन्धनका नेकपा एकीकृत (समाजवादी)का मीना लामाले ६५ र राप्रपाका दीपकबहादुर सिंहले ४२ मत प्राप्त गरेका छन्, भने उपप्रमुखमा नेपाली कांग्रेसका राजेश बानियाँले ८८, एमालेका सुमित्रा काफ्लेले ८२, राप्रपाकै इन्दिरा न्यौपानेले १२ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले हेटौँडा उपमहानगरपालिकामा करिब ६६५ मतदान भएको र मकवानपुर जिल्लामा करिब ७१५ मतदान भएको बताए । उनले मतगणनास्थलमा सुरक्षाको राम्रो प्रबन्ध गरिएको र आवश्यक कर्मचारी खटाइ सकभर तीन चार दिनमै मतगणना सम्पन्न गरिने जानकारी दिए । रासस