काठमाडौं – स्थानीय तह निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकामा मतगणना जारी छ । अहिले वडा नम्बर–१ को मतगणना भइरहेको छ । वडा–१ को गणना अन्तिम चरणमा पुगेको छ ।


ADVERTISEMENT


१४ सय मत गन्दा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार चिरिबाबु महर्जनले ७०६ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार हरिकृष्ण व्यञ्जनकारले ३३६ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


ललितपुर–१ मा भने स्वतन्त्र उमेदवार निर्मल तण्डुकारको अग्रता कायमै छ । उनले ५१५ मत प्राप्त गरेका छन् । कांग्रेसका ध्रुवलाल तण्डुकारले ३४४ र एमालेका दिनेश तण्डुकारले ३०० मत ल्याएका छन् ।