झापा – झापाको दमकमा नेपाली कांग्रेस र माओवादीका साझा उम्मेदवार राप्रपाका राम थापाले झिनो मतको अग्रता कायम गरेका छन् ।


ADVERTISEMENT


मतगणना सुरू भएदेखि एमालेकी गीताकुमारी अधिकारी अगाडी थिइन् । तर, उनलाई उछिन्दै केहीबेर अघिदेखि थापा अगाडी आएका हुन् ।


ADVERTISEMENT

# # #


थापाले १ हजार ९ सय ६८ मत ल्याएका छन् । एमालेकी उम्मेदवार अधिकारीले १ हजार ९ सय ४० मत ल्याएकी छन् ।

सत्ता गठबन्धनकी उपमेयरकी उम्मेदवार कांग्रेसकी रेगिना भट्टराईले १ हजार ९ सय ३१ र एमालेका अम्बिकाप्रसाद खनालले १ हजार ७ सय ५६ मत ल्याएका छन् ।

दमकको ४ हजार ५सय ४१ मत गणना भइसकेको छ । नगरमा कूल ३९ हजार ९सय ४९ मत खसेको थियो ।