विराटनगर – विराटनगर महानगरपालिका मेयरमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । अहिलेसम्म ७२६० गणना हुँदा मेयर नागेश कोइरालाले २३७७ मत ल्याएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका सागर थापाले १७१० मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार उमेश यादवले ७६३ प्राप्त गरेका छन् ।


ADVERTISEMENT


उपमेयरतर्फ भने एमालेकी शिल्पा कार्कीले अग्रता ल्याएकी छन् । उनले १९२३ मत ल्याउँदा गठबन्धनतर्फबाट जसपाका अमरेन्द्र यादवले १२०८ मत ल्याएका छन् । वडागत रुपमा भइरहेको गणनाअनुसार वार्ड नं १ वडा अध्यक्षमा कांग्रेसका राजन न्यौपाने ४९४ प्राप्त गरेका छन् भने एमालेका काजी बस्नेतले ३४९ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


२ मा राप्रपाका पवन सुनारले ४३६ मत ल्याउँदा एमालेका कुमार पोखरेलले ३६७ र काग्रेसका ज्ञानेश्वर नेपालले १७० मत ल्याएका छन् । १६ मा कांग्रेसका उदयकुमार भुजेलले १९९, एमालेका कुमार महर्जन १६१ र जसपाका किशोरकुमार मण्डलले १५१ प्राप्त गरेका छन् ।

त्यसैगरी वार्ड नं १७ मा काग्रेसका असलम आलमले ३८६ मात प्राप्त गरेका छन् १८ मा स्वतन्त्र जितेन्द्र शाह २७९ र १९ मा कांग्रेसका यदु राजवंशी ४३९ मतका साथ अग्रस्थानमा छन् ।