काठमाण्डौं-बाराको जितपुर सिमरा उपमहानगरपालिका ३ बजनीमा गएराती एक दम्पत्तिको हत्या भएको छ ।


ADVERTISEMENT


३५ बर्षीय दिपक सुवेदी र उनकी पत्नी ३२ बर्षीया दिपिकाको हत्या भएको हो । कोठामा मृत भेटिएकी दिपिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


पति दिपकको शव भने गाईगोठबाट ५० मिटरको दुरीमा भेटिएको छ । गाई पाल्ने गोठमा बसोबास गर्दै आएका उनीहरुलाई टाउकोमा बाँसको भाटाले प्रहार गरी हत्या भएको हो । हत्यामा संलग्नको पहिचान खुलेको छैन ।

घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान थालेको छ । घटना अनुसन्धान गर्न क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट कुकुर मगाई अनुसन्धान थालिने प्रहरी उपरिक्षक राजकुमार वैद्वारले बताएइ ।

उनले भने, ‘कुकुर आएपछि घटना मुचुल्का हुन्छ, ‘घटनास्थललाई सुरक्षा घेरामा राखेका छौं ।’ मृतकका आमा र २ छोराछोरी बजनीमा भएको घरमा बस्दै आएका छन् । ‘दिपिकालाई सामुहिक बलात्कारको क्रममा प्रतिकार गर्दा दम्पत्तिको हत्या गरिएको हुनसक्छ,’ घटना स्थल पुगेका एक प्रहरी अधिकृतले भने, ‘घटनामा संलग्नलाई चाँडै पक्राउ गर्छौ ।’

घटनापछि स्थानीय शोकमा छन् ।