काठमाण्डौं-पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर १ महादेवपट्टीको जगतीयाबाट प्रहरीले शनिवार बिहान हतियारसहित एक जना शिक्षकलाइ पक्राउ गरेको छ ।


ADVERTISEMENT


जगतीयामा रहेको ज्ञानमाला एकेडेमी बोर्डिङ स्कुलका प्रिन्सिपल चन्द्रलोकी झालाई प्रहरीले नलकटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सेढवाबाट प्रहरी नायव निरीक्षक रामराजा पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले जगतीयास्थित झाको घर अगाडि रहेको धानको भकारीभित्रबाट एक थान नालकटुवा पेस्तोल बरामद गरेपछि झालाई पनि पक्राउ गरेको हो । भकारीबाट चार केजी गाजा पनि बरामद भएको प्रहरी नायव निरीक्षक पौडेलले बताए ।

हतियार र गाजासहित पक्राउ परेका झालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।