सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बू विजयी भएका छन् । एमालेका रत्न सुब्बालाई ७०२ मतले पछि पार्दै लिम्बू विजयी भएका हुन् ।


ADVERTISEMENT


विजेता लिम्बूले तीन हजार सात मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सुब्बाले दुई हजार ३०५ मत प्राप्त गरेका छन्। सुब्बा यसअघिका गाउँपालिका अध्यक्ष हुन् । उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) की लक्ष्मी चापागाईं दुई हजार ४३९ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सविता बरालले दुई हजार ३७६ प्राप्त गरेकी छन्।


ADVERTISEMENT

# # #


त्यस्तै वडा १ को वडाध्यक्षमा एमालेका ईश्वर पुलामी मगरले ६६० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका धनबहादुर वुर्जा मगरले ५४८ मत प्रप्त गरेका छन् । वडा २ मा एमालेका राजकुमार राईले ५८८ मत ल्याएर विजयी भएका छन् । कांग्रेसका डिकप्रसाद सुवेदीले ४३३ मत ल्याएर पाराजित भएका हुन् । उनी यसअघि वडाध्यक्ष थिए । वडा ३ मा एमालेका दिलबहादुर तामाङले ५९९ मत ल्याएर विजयी भएका हुन् ।

त्यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विवेक घलेले ३२२ मत प्राप्त गरेका छन् । वडा ४ मा कांग्रेसका शुक्रराज लिम्बूले ३४१ मत ल्याएर विजयी भएका भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन राईले २११ मत प्राप्त गरेका छन्।

वडा ५ मा कांग्रेसका मनिष लिम्बूले २३२ मत ल्यएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एस) का यमबहादुर सुब्बाले २०८ मत ल्याएका छन् । सुब्बा यसअघिका वडाध्यक्ष थिए । वडा ६ मा नेपाली कांग्रेसका जितेन्द्र वनेम (लिम्बू)ले ६७९ ल्याएर विजयी भएका छन् भने एमाले विकास पौडेल ४५४ मत प्राप्त गरेर पाराजित भएका छन् । सङ्खुवासभामा १० स्थानीय तहमध्ये आठ स्थानीय नेकपा एमाले तहमा पाँच दलीय गठबन्धन भएको थियो भने दुई स्थानीय तहमा स्वच्छ प्रतिस्पर्धा भएको छ ।