काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिद्वार्थ गौतम बुद्वको जन्मस्थान लुम्बिनीको अवलोकन गर्न पाएकाले गौरान्वित महशुस गरेको बताएका छन् ।


ADVERTISEMENT


आफ्नो नेपाल भ्रमणसम्बन्धि आइतबार एक विज्ञप्ति जारी गर्दै उनले गौतम बुद्वको जन्मस्थान लुम्बिनीको अवलोकन गर्न पाउनु आफैमा एउटा सम्मानको विषय रहेको बताएका हुन् । ‘भगवान बुद्धको जन्मस्थलको पवित्र स्थलमा श्रद्धा अर्पण गर्न लाखौं भारतीयहरूको पाइला पछ्याउन पाउँदा म गौरान्वित छु’, विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


मोदी प्रधानमन्त्री शेर बहादुर देउवाको निमन्त्रणामा आज पर्न गएको बुद्व पूर्णिमा(जयन्ती)को अवसरमा नेपाल आउँदै छन् । नेपालस्थित उनी सिधै बुद्वको जन्मथलो लुम्बिनी जाने बताइएको छ ।

नेपालको बसाईक्रममा उनी प्रधानमन्त्री देउवासंग संयुक्त रूपमा मायादेवी मन्दिर परिसरमा हुने दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी हुने समेत विज्ञप्तिमा जनाइएको छ ।

मोदीद्वारा जारी विज्ञप्ति