कालिकोट – कालिकोटको खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । एकीकृत९समाजवादी०बाट टिकट नपाएका कमलबहादुर शाहीले हाँस चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।


ADVERTISEMENT


खाडाँचक्र नगरपालिकामाको वडा नं १,२,३,४,५,६ र ७ वडाको मतपरिणाम सार्वजनिक हुँदा नगरपालिकाको प्रमुखमा शाहीले १ हजार ८७१, एमालेका प्रमुख पदका उम्मेदवार जसीप्रसाद पाण्डेले १ हजार ७४३, नेपाली कांग्रेसका तारा शाहीले १ हजार ३६९ मत ल्याएकी छन् ।


ADVERTISEMENT

# # #


वडा अध्यक्षमा १,४,५,६ र ७ मा माओवादी केन्द्र २ नं वडामा कांग्रेस र ३ नं। वडामा एमालेका उम्मेदवार विजयी भएका छन् । ११ वडा रहेको खाँडाचक्र नगरपालिकामा वडा नं ८,९,१०, र ११ को मत गणना गर्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।