काठमाडौँ– काठमाडौँ महानगरपालिकाको मतगणनामा दुई युवा उम्मेदवारहरुको अग्रता कायमै रहेको देखिएको छ । हालसम्मको मतगणना अनुसार, नगर प्रमुखतर्फ स्वतन्त्र युवा उम्मेदवार बालेन्द्र(बालेन) शाह र उपनगर प्रमुखका एमाले युवा उम्मेदवार सुनिता डंगोलको मत अन्यको तुलनामा बढी देखिएको हो ।


ADVERTISEMENT


निर्वाचान आयोगका अनुसार, हालसम्ममा मेयरका उम्मेदवार शाह ७ हजार १४१ मतसहित अग्र स्थानमा रहेका छन् । जबकी उनका अन्य प्रतीस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापित र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले क्रमशः ३ हजार ४८३ र ३ हजार १०९ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै, उपप्रमुखमा डंगोलले अग्रता कायमै राखेकी छन् । डङ्गोलले ६ हजार १७३ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठ एक हजार ६९० र राप्रपाका बिनिता मगैयाले एक हजार ३१४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिले ३, ४, ५, ३१ र ३२ नं वडाको मत गणना जारी छ । वडा नम्बर १ को वडाध्यक्षमा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ बाजी मारेका छन् भने, वडा २ मा पनि नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् ।