काठमाडौँ– ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा प्रमुख र उपप्रमुख दुबैमा नेकपा (एमाले) का उम्मेदवारको अग्रता रहेको छ । हालसम्म प्राप्त मतपरिणामअनुसार नगर प्रमुखमा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठले एक हजार ७१ मत पाएका छन् ।


ADVERTISEMENT


उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिव कट्टेलले एक हजार दुई मत ल्याएका छन् । उपप्रमुखमा नेकपा एमालेकी बीना सुवेदी केसीले एक हजार २७३ मत ल्याएर अग्रता कायम गरेका छन्, उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मी महर्जनले एक हजार ८५ मत ल्याएकी छन् ।


ADVERTISEMENT

# # #


उक्त नगरपालिका वडा नं १ को अध्यक्षमा एमालेका छिरिङ लामा विजयी भएका छन् । हाल वडा नं ९ मा मतगणना जारी रहेको छ । वडा नं १० का मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि सो वडाको गणना भएको थिएन । मतगणना सुस्त भएकाले दुई दिन वितिसक्दा पनि हालसम्म एउटा वडामा मात्रै मतगणना सकिएको छ । रासस