भक्तपुर – भक्तपुर नगरपालिकामा भारी मतान्तरसहित नेपाल मजदुर किसान पार्टी क्लिनस्वीप गरेको छ । भर्खरै सम्पन्न मतगणनामा नेमकिपाले मेयर, उपमेयरसहित १० वटै वडा कब्जा गरेको हो ।


ADVERTISEMENT


जस अनुसार नेककिपाका मेयरका उम्मेदवार सुनिल प्रजापतिले २९ हजार ५५२ मत ल्याएर जित हात पारेका छन् । यसअघिको कायर्कालमा निकै राम्रो काम गरेका प्रजापतिले २६ हजार १४५ मतान्तरसहित भक्तपुरमा दोस्रोपटक बाजी मारेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामप्रसाद कासुलाले ३ हजार ४०७ मत ल्याएका छन् । निकटतम प्रतिद्वन्द्वी भन्दा प्रजापतिले झण्डै ९ गुण बढी भोट ल्याएका हुन् । यस्तै नेकपा एमालेका रवीन्द्र लाछिमस्युले २ हजार ८३७ कत प्राप्त गरे ।


ADVERTISEMENT

# # #


यस्तै उपमेयर तर्फ पनि नेमकिपाकी रजनी जोशी निर्वाचित भएकी छन् । २६ हजार ७७१ मतान्तरसहित विजयी भएकी उनले २९ हजार ७५९ मत प्राप्त गरेकी छन् । मेयरतर्फ नेमकिपाका विजयी उम्मेदवार प्रजापति भन्दा पनि बढी मत ल्याएकी हुन् ।

जोशीकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रञ्जना खर्बुजाले २ हजार ९८८ मत ल्याएकी छन् । खर्बुजाले प्राप्त गरेको मत निर्वाचित जोशीको भन्दा झण्डै १० गुणा कम हो । यस्तै नेकपा एकीकृत समाजवादीका ओम चरण अमात्यले १ हजार ७४२ मत ल्याए ।

वडा तर्फ पनि नेमकिपाले एकलौटी नतिजा निकालेको छ । जस अनुसार वडा नं. १ मा श्‍याम कृष्ण खत्री, वडा नं. २ मा हरि प्रसाद बासुकला, वडा नं. ३ मा राज कृष्ण गोरा, वडा नं. ४ मा उपेन्द्र सुवाल, वडा नं. ५ मा योगेन्द्र मान बिजुक्छेंले जित निकालेका छन् ।

यस्तै वडा नं. ६ मा हरि राम सुवाल, वडा नं.७ मा उकेश कवां, वडा नं. ८ मा कृष्ण प्रसाद कोजू, वडा नं. ९ मा रविन्द्र ज्याख्व र वडा नं. १० मा लक्ष्मी प्रसाद हयौमिखा विजयी भएका छन् ।